Dark Mode

      Subscribe

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

871
SHARES
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका थापामाथी सुरुङ्गा नजिकै आक्रमण भएको हो ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कनेक्रममा भएको आक्रमणबाट उनको निधारमा चोट लागेको छ । थापा सवार बा १ झ ६५३ नं को गाडीले विद्युत प्राधिकरणका कर्मचारी सवार बा १ ञ १८७० गाडीलाई ओभरटेक गर्दा विवाद भएपछि त्यही गाडीभित्र रहेका प्राधिकरणका कर्मचारीले पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गरेका थिए।

प्रहरीले तत्कालै दुई जनालाई पक्राउ गरेको थियो तर सुरक्षाको कारण देखाउँदै उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएको बताइएको छ ।



nationalnews7 nationalnews7   
  • January 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP