Dark Mode

      Subscribe

१० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन

1.5K
SHARES
१० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो । समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति अम्मरबहादुर थापाले तोकिएको समयभित्रै १० औं राष्ट्रिय खेलकुद सम्पन्न गर्नेगरी द्रुत स्तरमा काम गर्न र आवश्यक काम सुरु गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिए । सभापति थापाले भने, ‘‘हाम्रो समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो ।

समयमा खेलकुद गर्न कसरी फास्टट्रयाकमा जान्छ, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालयलाई विशेष बढी प्रेसर हुनेछ । यसका फास्टट्रयाकमा जाने विधि र प्रक्रिया के हुन् । अर्थ मन्त्रालयबाटै खोलेर २३ गते नै सक्नेगरी काम गर्नुपर्छ । तोकिएकै समयमा १० औं राष्ट्रिय खेलकुद गर्न फास्टट्रयाकमा जानुहोला । कसरी हुन्छ त्यो व्यवस्था मिलाउनुस् ।’’

गत मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा १० औं राष्ट्रिय खेलकुदको आयोजना मिति तोकिएको थियो । तोकिएको समयमा भौतिक पूर्वाधारहरु निर्माण गर्न नसक्दा सरकारले चैत्र २३ गतेबाट गर्ने घोषणा गरिएको थियो । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदबाट १० औं राष्ट्रिय खेलकुद कर्णालीले गर्नेगरी झण्डा हस्तान्तरण गरिएको थियो।



nationalnews7 nationalnews7   
  • February 7, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP