Dark Mode

      Subscribe

राजावादीले आगजनी गरेको घरमा जलेर एक पत्रकारको ज्यान गयो

611
SHARES
राजावादीले आगजनी गरेको घरमा जलेर एक पत्रकारको ज्यान गयो

काठमाडौं । राजावादी समूहले आगजनी गरेको घरमा जलेर एक जना पत्रकारको ज्यान गएको छ । उनी एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको जनाइएको छ । एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकारको आगजनी गरिएको घरमा जलेर मृत्यु भएको समाचार प्रशारण गरेको छ । प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार घरको चौथो तलामा एउटा शव फेला परेको छ ।

उनले एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको बताए । एभिन्युजका पत्रकार शिव दाहालले दिएको जानकारीअनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आजगनीपछि सम्पर्कमा थिएनन् ।

रजकका भान्जा राजेशले दिएको जानकारीअनुसार मामा सुरेश रजकको राजावादीले आगो लगाएको घरमा जलेर मृत्यु भएको छ । तर शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण नगरेको उनको भनाइ छ ।



nationalnews7 nationalnews7   
  • March 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP