Dark Mode

      Subscribe

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि उडान संख्या बढाइयो

936
SHARES
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि उडान संख्या बढाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि उडान संख्या बढेको छ । यही मेसोमा भैरहवाबाट भने वायुसेवा कम्पनीहरूले उडान झिकेका छन् । भैरहवामा वायुसेवा कम्पनीहरूले लिएको ‘विन्टर सेड्युल’ अनुसार उडान सम्पन्न गरेका छन् । ‘समर सेड्युल’ मा आफ्नो उडान राखेका छैनन् । जसले गर्दा पुनः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान हुने अवस्था आएको छ ।

अब नेपाल एयरलाइन्सले मलेसियाका लागि गर्ने कनेक्टिङ फ्लाइट बाहेक तत्कालका लागि कुनै पनि वायुसेवा कम्पनीको उडान छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक समय ‘फोर्सफुल्ली’ वायुसेवा कम्पनीलाई भैरहवा जान बाध्य बनाएको थियो । भैरहवामा यात्रु पाउन सुरु पनि भएको थियो ।

तर, कम्पनीहरूले यो विमानस्थलको उडान घाटामा रहेको भन्दै निरन्तरता दिन नसकिने जानकारी प्राधिकरणलाई गराएका छन् । ‘भैरहवा र पोखरा विमानस्थल निरन्तर सञ्चालन गर्न पूरै क्षमतामा हामीले प्रयास गरेका हौं, तर वायुसेवा कम्पनीको गुनासो लोड पुगेन भन्ने नै छ, एक निश्चित अवधिसम्म हामीले बाध्यकारी पनि बनायौं,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, ‘तर, निरन्तर घाटामा उडाइराख भन्ने नैतिक धरातल प्राधिकरणसँग पनि छैन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीलाई एक समय ‘फोर्सफुल्ली’ भैरहवा जान बाध्य बनाएको थियो । नयाँ विमानस्थल निन्तर चल्ने वातावरण बनाउन त्रिभुवन विमानस्थलमा जति निकाय सक्रिय छन्, ती सबैको सामूहिक प्रयास भैरहवा र पोखरामा समेत आवश्यक रहेको भन्दै अहिले त्यसो हुन नसकेको गुनासो प्राधिकरणको छ



nationalnews7 nationalnews7   
  • April 1, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP