Dark Mode

      Subscribe

बालुवाटार घेरेर भात-पानी बन्द गरिदिन सक्छौं, यो कुरा याद राख: लिङ्देन

1.5K
SHARES
बालुवाटार घेरेर भात-पानी बन्द गरिदिन सक्छौं, यो कुरा याद राख: लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिएका छन् ।मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताए ।

‘मैल फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौं त भन्दिन । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं ,’ लिङ्देनले भने, ‘यो कुरा याद राख ।’ अहिलेको जनता मुर्ख भएर नबस्ने भन्दै उनले सूचनालाई कसैले पनि मुठ्ठिमा राख्न नसक्ने जिकिर गरे ।

‘अब जनता मुर्ख भएर बसिराख्दैन । सूचना प्रविधिको यति विकास भएको छ । अब सूचनालाई कसैले आफ्नो मुठ्ठिमा राख्न सक्दैन,’ लिङ्देनले भने । उनले आफूहरू सल्लाह गरेरै विद्रोहमा जाने पनि जिकिर गरे । ‘विद्रोह नै गरेर जाऔं भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौं, झुक्याएर जाँदैनौं,’ लिङ्देनले भने ।



nationalnews7 nationalnews7   
  • April 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP