Dark Mode

      Subscribe

निजामती कर्मचारीहरू पनि उत्रिए आन्दोलनमा

767
SHARES
निजामती कर्मचारीहरू पनि उत्रिए आन्दोलनमा

काठमाडौं । निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन् । काठमाडौंमा विभिन्न पेसा, समूहको आन्दोलन बढिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।२०८१ को अन्तिम दिन संयुक्त पत्रकार सम्मेदन गरेर आन्दोलनको चेतावनी दिएका कर्मचारी संगठनहरूले आजदेखि आन्दोलनका कार्यक्रम अघि बढाएका हुन् ।

कर्मचारीहरूले संयुक्त ट्रेड यूनियनमार्फत आन्दोलन घोषणा गरेका छन् । जसअन्तर्गत आज शुक्रबार संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनको निर्णय छ ।

यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने उनीहरुको तयारी छ ।कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।



nationalnews7 nationalnews7   
  • April 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP