Dark Mode

      Subscribe

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

663
SHARES
बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिएका छन् । प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षा कार्यक्रममा उहाँले मन्त्री तथा सचिवलाई निर्देशन दिएका हुन् ।
बजेट कार्यान्वयमा बाँकी अवधि महत्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सकेमात्र प्रदेश सरकारको खर्च प्रगतिमा सुधार आउने मुख्यमन्त्री कँडेलको भनाइ छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको जनाउँदै उहाँले लक्ष्यअनुसार प्रगति हासिल हुन नसके पनि पछिल्लो समय केही सुधार आएको उनले बताए ।
जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त प्रतिफल आउन नसकेकाबारे उहाँले सचिवलाई मुख्यमन्त्री कँडेलले गरे ।
आफ्ना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय काम अलपत्र परेको बताउँदै उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति केन्द्रित हुन र परम्परागतभन्दा जनताले अनुभूति हुनेगरी बजेटको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिए । अनुशासनको नाम काम अड्काएर राख्ने नभई स्थिति बसाल्ने र मन्त्रालयले निकास निकाल्नेगरी काम गर्नसमेत मुख्यमन्त्री कँडेलले मन्त्री तथा सचिवहरूलाई सुझाए ।



nationalnews7 nationalnews7   
  • April 22, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP