Dark Mode

      Subscribe

सिप्रदीले प्रि-बजेट एक्सचेन्ज फेस्टको समय तीनदिन थप्यो, जेठ ७ सम्म चल्ने

1.2K
SHARES
सिप्रदीले प्रि-बजेट एक्सचेन्ज फेस्टको समय तीनदिन थप्यो, जेठ ७ सम्म चल्ने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन थप गर्दै जेठ ५ देखि ७ सम्म चल्ने जनाएको छ। ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखी समय थप गरिएको कम्पनीले जनाएको छ।

यस मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन्। यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन्। यो अफर टाटा टियागो ईभी, कर्भ ईभी, पन्च ईभी, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा लागू हुनेछ।

अतिरिक्त रूपमा, ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउनेछन्। इच्छुक ग्राहकहरूले देशभर रहेका सिप्रदीको आधिकारिक सोरुममा गई मेलाको अवलोकन गर्न तथा इलेक्ट्रिक गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन्।



nationalnews7 nationalnews7   
  • May 19, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP