Dark Mode

      Subscribe

देशको कमजोर अर्थतन्त्रप्रति चासो: प्रधानमन्त्रीको उपस्थितिमा आज सर्वपक्षयीय राष्ट्रिय संवाद

585
SHARES
देशको कमजोर अर्थतन्त्रप्रति चासो: प्रधानमन्त्रीको उपस्थितिमा आज सर्वपक्षयीय राष्ट्रिय संवाद

काठमाडौँ । देशको कमजोर बन्दै गएको अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्यसहित आज काठमाडौँमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ। शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा हुने उक्त संवाद नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को आयोजनामा हुन लागेको हो।

एफएनसिसिआईका अनुसार संवाद कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, निजी क्षेत्र, युवा पुस्ता ९जेन–जी०, नागरिक समाज तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संवादमार्फत राजनीतिक स्थायित्व कायम गर्ने, आर्थिक सुधारका उपाय खोज्ने, लगानी प्रवर्द्धन गर्ने तथा आर्थिक विकासमा युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिनुभएको छ।

अर्थतन्त्रले सामना गरिरहेका विविध चुनौती समाधानका लागि आपसी संवाद र सहकार्यको वातावरण निर्माण गर्न कार्यक्रम आयोजना गरिएको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।



nationalnews7 nationalnews7   
  • December 31, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP