Dark Mode

      Subscribe

‘क्रसर उद्योगलाई चाहिने सामानको अभाव भएकै हो ? धान-चामल किने जसरी पाउनुपर्ने माग

338
SHARES
‘क्रसर उद्योगलाई चाहिने सामानको अभाव भएकै हो ? धान-चामल किने जसरी पाउनुपर्ने माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योगको सामान धान–चामल किने जसरी पाउनु पर्ने बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाज र निर्माण महासङ्घको संयुक्त आयोजनामा आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयक छलफलमा सिंहले सरकारको नीति र बजेटबीचको असन्तुलनप्रति चिन्ता व्यक्त गरे ।

अध्यक्ष सिंहले निर्माण क्षेत्रमा कार्टेलिङ र कम कबोल गरेर ठेक्का लिने प्रवृत्तिका कारण परियोजनाहरू समयमा सम्पन्न नहुने अवस्था सिर्जना भएको बताए । सिंहका अनुसार चालु आर्थिक वर्षको बजेटले २५ प्रतिशत पुँजीगत खर्च वृद्धि गर्ने अपेक्षा गरिएको भए पनि त्यो लक्ष्य पूरा हुन नसकेको बताए ।

यद्यपि सरकारले चालु खर्चमा केही नियन्त्रण गरेको उल्लेख गर्दै उनले पुँजीगत खर्चको कार्यान्वयनमा थप व्यवस्थापन आवश्यक रहेको बताए । निर्माण व्यवसायीहरू नीति तथा कार्यक्रमबाट आशावादी भए पनि बजेटमा ती आशाहरू प्रतिबिम्बित नभएको सिंहको भनाइ छ । सिंहले पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि नगर्दासम्म राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न कठिन हुने बताए ।

उनले वर्तमान बजेटले ६ खर्बका आयोजना व्यवस्थापन गर्न नसक्ने उल्लेख गर्दै ४ हजार ६ सय आयोजनालाई बजेटबाट हटाइएपछि त्यसको समुचित समायोजन गरिनुपर्ने माग राखे ।सिंहले सार्वजनिक खरिद ऐन, २०७४ मा गरिएको संशोधनप्रति कडा आलोचना गरे। ‘सजायका प्रावधानहरू लागू गर्न नसकिने अवस्थामा रहेको भन्दै उनले निर्माण कम्पनीहरू नै बन्द हुने स्थिति आएको बताए । उनले सरकारले यो समस्याबारे पहिलेदेखि उठाउँदै आएको आवाजलाई वेवास्ता गरेको आरोप लगाए । छलफलमा सहभागी अन्य वक्ताहरूले पनि पूर्वाधार क्षेत्रको बजेट कार्यान्वयनमा देखिएका कमजोरी र नीति व्यवस्थापनबीचको दूरीलाई मुख्य चुनौतीको रूपमा औँल्याएका थिए ।



nationalnews7 nationalnews7   
  • June 4, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP