Dark Mode

      Subscribe

‘ऊर्जा समस्या समाधान र लक्ष्य प्राप्तिका लागि चार एजेन्डा’

455
SHARES
‘ऊर्जा समस्या समाधान र लक्ष्य प्राप्तिका लागि चार एजेन्डा’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चार एजेन्डा अगाडि सारेको छ । ऊर्जा समस्या समाधान र सरकारको लक्ष्य प्राप्तिका लागि प्राधिकरणले चार एजेन्डा अगाडि सारेको हो । सञ्चारकर्मीहरूसँगको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा समस्या समाधान गर्न विद्युत् गुणस्तरीयता, ऊर्जा सुरक्षा, वित्त व्यवस्थापन र प्रसारण लाइन विस्तारमा अघि बढ्नुको अर्को विकल्प नभएको दाबी गरे । त्यसका लागि आफ्नो कार्यकालमा यी विषयलाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने उनले जानकारी दिए ।

शाक्यले विगतमा भएका कुरा बिर्सिएर अहिले ट्रिपिङ हुँदा ठूलोजस्तो पनि लागेको हुन सक्ने उल्लेख गरे । उनले गुणस्तरीय विद्युत्का लागि फिडरमा लगानी गर्ने लगायत योजना बनाएको जानकारी दिए ।शाक्यका अनुसार आयात बन्द गरेर वा निर्यात बढाएर ऊर्जा सुरक्षा हुँदैन । समग्रमा भन्ने हो भने ऊर्जा सुरक्षा भनेको सन्तुलन पनि हो । ब्याट्रीका आयोजना एक–डेढ वर्षभित्र बनाउन सकिन्छ । पम्प स्टोरेज आयोजनाका लागि दुई–तीन वर्ष लाग्न सक्छ । पाँचदेखि १० वर्षसम्ममा ल्याउन सकिने जलाशय आयोजना सन्तुलित रूपमा ल्याउनुको विकल्प छैन ।

ऊर्जा सुरक्षा र गुणस्तरीय विद्युत्का लागि चाहिने भनेको प्रसारण लाइन र वितरण लाइन भएको भन्दै त्यसका लागि लगानी चाहिने शाक्यले बताए । सबैभन्दा ठूलो लगानी गर्ने एडीबी लगायतले पनि पीपीपी मोडेलमा जान संकेत गरेको शाक्यकोभनाइ छ । उनका अनुसार प्रसारण लाइनका लागि वार्षिक ५०–६० अर्ब चाहिन्छ । सय मेगावाट उत्पादनका लागि करिब २० देखि २५ अर्ब लगानी चाहिन्छ । त्यही अनुसार १ हजार मेगावाट उत्पादन गर्दा २ खर्ब ५० अर्ब लाग्ने भयो । वर्षमा करिब ७–८ सय मेगावाट विद्युत् उत्पादन भइरहेको बताइएको छ ।



nationalnews7 nationalnews7   
  • June 22, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP