Dark Mode

      Subscribe

अमेरिकामाथि भिषण जवाफी आक्रमण गर्ने इरानको तयारी !

793
SHARES
अमेरिकामाथि भिषण जवाफी आक्रमण गर्ने इरानको तयारी !

काठमाडौं । इरानले अमेरिकामाथि भिषण र पश्चापातपूर्ण जवाफी कारवाही गर्ने तयारी गरेको खबर सार्वजनिक भएको छ । आफ्ना तीन आणविक केन्द्रमा अमेरिकाले संसारकै सबैभन्दा खतरनाक बमद्वारा आक्रमण गरेपछि क्रुद्द बनेको इरानले यस्तो तयारी गरेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इरानले आज वा अबको केही घण्टाभित्रैमा अमेरिकामाथि सैन्य तागत देखिने गरी आक्रमण गर्ने चेतावनी दिएको खबरहरु विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन तथा प्रसारण भईहेका छन् ।

इरान र अमेरिकाबीचको द्वन्द बढ्दै जाँदा खाडी मुलुकमा करिब १७ लाख नेपाली युवाहरुको सुरक्षा चिन्ता व्यापक बृद्धि भएको छ । सन् २०२० को तथ्याङ्क अनुसार खाडी मुुलुकका ओमान, दुबई, कतार, साउदी, बहराईन, कुवेत जस्ता देशमा कूल ४४ हजार ६०० जति अमेरिकी सेना तैनाथ छन् । अहिले सो संख्या अझै केही बढेको हुनसक्नेछ ।

सबैभन्दा धेरै अमेरिकी सेना कतारमा १३ हजार र कुवेतमा १३ हजार रहेका छन् । त्यस्तै साउदी अरबमा तीन हजार, दुबईमा पाँच हजार अमेरिकी सेना तैनाथ गरिएको छ । त्यहाँ अमेरिकाले पहिला देखि नै इरानलाई घेराबन्दीमा पार्न र सूचना संकलन गर्न एयरबेस र सामुन्द्रिक बेस खडा गरेरै बसेको छ ।

इरानले अमेरिकामाथि आक्रमण गर्दा सबैभन्दा पहिलो आफ्नो नजिकै रहेको अमेरिकी केन्द्रमा आक्रमण गर्न सक्ने देखिएको छ । त्यस्तो अवस्थामा सबैभन्दा पहिलो निशाना इरानले कुवेतमाथि बनाउन सक्ने प्रबल सम्भावना रहेको छ । त्यस्तै, कतार, दुबई, बहराईन तथा ओमानमाथि पनि इरानको निशाना हुनसक्ने सम्भावना उत्तिकै छ । तर, ति सबै देशहरु मुश्लिम भएकोले इरानले युरोपका सैन्य क्याम्पमा निशाना बनाउन सक्ने सम्भावना समेत बलियो रहेको छ ।

गल्फ न्यूजका अनुसार इरानले मध्यपूर्वमा रहेका अमेरिकी बेसहरुमा आक्रमण गर्ने खुल्ला चेतावनी दिएको छ । इरानका सर्वोच्च नेता आयोतुल्ला खामेनीका प्रमुख सल्लाहकार अलि अक्बर भिलायतीलाई उध्रित गर्दै प्रकाशित समाचारमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा भिषण आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।



nationalnews7 nationalnews7   
  • June 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP