Dark Mode

      Subscribe

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

663
SHARES
एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध फर्मुला वान टिम एस्टन मार्टिन अराम्कोले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्य अन्तर्गत पहिलो पटक दुई ब्रान्डको संयुक्त पहिचान बोकेको मोबाइल फोन रियलमी जीटी ७– ड्रीम एडिसन २७ मे मा सार्वजनिक भएको छ ।

रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत पर्ने यो नयाँ फोनमा अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन रहेको छ, जसमा एस्टन मार्टिन अराम्कोको विश्वप्रसिद्ध पङ्खायुक्त लोगो पनि समावेश गरिएको छ। यसले पर्फर्मेन्स र व्यूटिफिकेसनको सन्तुलन प्रस्तुत गर्ने लक्ष्य राखिएको छ ।

रियलमीको फ्ल्यागशिप सिरिज अन्तर्गत आएको नयाँ जीटी ७ स्मार्टफोनले अत्याधुनिक डिजाइनसँग उच्च–स्तरीय पर्फर्मेन्स संयोजन गर्दछ । यसमा एस्टन मार्टिन अराम्कोको प्रतिष्ठित टिम लोगो समावेश रहेको छ।हाल विश्वभर २० करोडभन्दा बढी प्रयोगकर्ता बनाइसकेको रियलमी संसारकै सबैभन्दा तिब्र वृद्धि भईरहेको मोबाइल फोन ब्रान्ड मानिन्छ ।

‘मेक इट रियल’ स्लोगन बोकेको यो कम्पनी युवापुस्तालाई लक्षित गर्दै नवीनतम प्रविधि उपलब्ध गराउन समर्पित रहेको छ।
सहकार्य अनुसार, एस्टन मार्टिन अराम्को र रियलमीले प्रत्येक वर्ष दुईओटा संयुक्त मोबाइल मोडेल निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् ।

ती मोबाइलहरूमा अल्ट्रा पर्फर्मेन्स र विशिष्ट डिजाइन विशेषता हुने जनाइएको छ।रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काई लीले भने, ‘एस्टन मार्टिन अराम्को जस्तो प्रसिद्ध र गतिशील टोलीसँग सहकार्य गर्नु हाम्रो लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि हो । हामी केवल उत्कृष्ट उत्पादनहरूलाई मात्र हाम्रो फ्ल्यागशिप लोगो प्रदान गर्छौँ, र अब हामी यो सहकार्यको माध्यमबाट संसारभरका प्रयोगकर्ताहरुका लागि अझ एडभान्स डिजाइन र उत्कृष्ट निर्माण अनुभव प्रदान गर्न अग्रसर हुनेछौँ ।’

एस्टन मार्टिन अराम्को फर्मुला वन टोलीका हेड अफ लाइसेन्सिङ्ग एण्ड मर्चेन्डाइज म्याट च्यापम्यानले भने, ‘हामी रियलमीलाई हाम्रो टोलीमा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित छौँ । जीटी ७ ड्रीम एडीसनले उच्च-कार्यसम्पादन र नवीनतम डिजाइनको संयोजन गर्दछ। यसका साथमा हामी भविष्यका मोडेलहरूको सहकार्यमा सँगै काम गर्न तत्पर छौं ।’



nationalnews7 nationalnews7   
  • July 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP