Dark Mode

      Subscribe

१५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

494
SHARES
१५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रूपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार, विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी, जेठ महिनाको विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रूपैयाँ थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष सोही किसिमको आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा याे आय १४ खर्ब ४३ अर्ब १० करोड रूपैयाँ थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख आठ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सङ्ख्या क्रमशः चार लाख २१ हजार ३५६ र दुई लाख ६१ हजार २१० थियो ।



nationalnews7 nationalnews7   
  • July 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP