Dark Mode

      Subscribe

स्वतन्त्र लेखापरीक्षणका लागि १० वटा ठूला बैंक छनाेट

728
SHARES
स्वतन्त्र लेखापरीक्षणका लागि १० वटा ठूला बैंक छनाेट

काठमाण्डाै – स्वतन्त्र लेखापरीक्षणका लागि १० वटा ठूला बैंक छनाेट भएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये कुल सम्पत्तिका आधारमा राष्ट्र बैंकले १० ठूला बैंक छनाेट गरेको हो ।

छनाेट हुनेमा ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र प्रभु बैंक छन् ।

स्वतन्त्र लेखापरीक्षण गर्न बङ्गलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स छनाेट भएको छ । कम्पनीले छनाेट भएका १० वटा ठूला वाणिज्य बैंकले प्रवाह गरेको कर्जाको गुणस्तर मूल्याङ्कन स्वतन्त्र रूपमा गर्नेछ ।

सरकारले सन् २०२१ डिसेम्बर २२ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा १० वटा ठूला वाणिज्य बैंकको स्वतन्त्र रूपमा लेखापरीक्षण गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको थियो ।



nationalnews7 nationalnews7   
  • September 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP