Dark Mode

      Subscribe

एशियन लाइफको ३ लाख ५८ हजार कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा

572
SHARES
एशियन लाइफको ३ लाख ५८ हजार कित्ता अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा

काठमाडौं, भदौ २२ – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि (भदौ २२ गते) अवितरित हकप्रद सेयरको लिलामी बिक्री प्रक्रिया सुरु गरेको छ।

कम्पनीले यसअघि असार २५ गतेदेखि साउन २० गतेसम्म चुक्ता पुँजीको अनुपात १ः०.४२ मा हकप्रद सेयर निष्कासन गरेको थियो। सो अवधिमा कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्काशन गरेकोमा २७ हजार ६२२ जना शेयरधनीले आवेदन दिएका थिए। उनीहरूलाई कुल १ करोड ३९ लाख २० हजार ८०० कित्ता सेयर बाँडफाँट भइसकेको छ।

बाँडफाँटपछि बाँकी रहेका ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर अब लिलामीमार्फत बिक्रीमा ल्याइएको हो। जसमध्ये ३० हजार ३८.५७ कित्ता संस्थापक समूहका लागि र ३ लाख २८ हजार ४७३.९१ कित्ता सर्वसाधारण समूहका लागि छुट्याइएको छ।

यी सेयरहरू जो–कोही व्यक्ति, कम्पनी वा संस्था मार्फत खरिद गर्न सकिनेछ। इच्छुक लगानीकर्ताले भदौ २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ। संस्थापक समूहतर्फ आवेदन दिन चाहनेले कम्तीमा १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ कम्तीमा १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम कित्ताको लागि भने कुनै सीमा तोकिएको छैन।

बोलपत्र फाराम बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंका साथै मुक्तिनाथ विकास बैंकका विभिन्न शाखाहरू—ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट प्राप्त गर्न सकिनेछ। यिनै स्थानहरूमा फाराम बुझाउन सकिनेछ।



nationalnews7 nationalnews7   
  • September 7, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP