Dark Mode

      Subscribe

दुर्गा प्रसाईँको आरोपः बालेन पश्चिमाले खडा गरेका पात्र हुन्

481
SHARES
दुर्गा प्रसाईँको आरोपः बालेन पश्चिमाले खडा गरेका पात्र हुन्

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनको क्रममा भएका तोडफोड तथा आगजनीप्रति दु:ख लागेको बताएका छन् ।

बुधबार साँझ ७ मिनेट ११ सेकेण्डको भिडिओ सन्देशमार्फत सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, व्यक्ति, व्यापारीका घर, भाटभटेनीमा आगजनी र लुटपाट जसले गराएको त्यसले जिम्मा लिनुपर्ने उनले बताएका छन् ।

आन्दोलनमा आउन खोज्दा बालेनले नआउनू भनेकाले आफू र आफ्ना कार्यकर्ता नगएको उनको जिकिर छ । उनले भने, ‘म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नुभएको थियो । र, यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।’

प्रसाईँले नेपालमा पश्चिमाहरूको प्रभाव देखिन थालेको भन्दै यसको अन्तिम उद्देश्य भनेकै पश्चिमाहरूको डिजाइनमा यो देश कब्जा गर्ने ठूलो खेल सुरू गरिएको दाबी गरेका छन् ।

उनले आन्दोलनको क्रममा घाइते भएका १५० जनालाई आफ्नो हस्पिटल बीएनसीमा निःशुल्क उपचार गरेर घर पठाउएको र अहिले पनि आईसीयूमा १५ जनाको सिरियस स्थितिमा बिना पैसा उपचार गरिरहेको पनि सुनाए ।

भिडिओमा प्रसाईँले बुद्धिजीवीहरूका लागि भन्दै २०२८ सालदेखिका राजनीतिक घटनाक्रमलाई केलाएका छन् ।



nationalnews7 nationalnews7   
  • September 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP