Dark Mode

      Subscribe

‘तिहारका रमाइला क्षणहरू सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ मा पोस्ट गरौं’

377
SHARES
‘तिहारका रमाइला क्षणहरू सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ मा पोस्ट गरौं’

काठमाडौँ । नेपालकै पहिलो सामाजिक सञ्जाल www.globaldiary.com मा तिहारका रमाइला क्षणहरू सजिलैसँग पोस्ट गर्न सकिने भएको छ।

सूचना तथा प्रविधि मन्त्रालयमा दर्ता भइसकेको यस सामाजिक सञ्जालमार्फत प्रयोगकर्ताहरूले दसैं पर्वमा जस्तै तिहारको फोटोग्राफ, भिडियो तथा अन्य सामग्रीहरू पोस्ट गर्न सक्नेछन्।

प्रयोगकर्ताहरूले देउसी–भैलो खेलेको, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमहरूमा सहभागी भएको, भाइटीका लगाएको, गाई, गोरु, कुकुर तथा लक्ष्मी पूजाको झलक समेटिएको दृश्यहरू मोबाइल वा क्यामेराबाट खिची ‘ग्लोबल डायरी’ मा सजिलै अपलोड गर्न सक्नेछन्।

त्यस्तै, तिहारमा झिलिमिली सजाइएको आफ्नो घर तथा गाउँ–शहरको सुन्दर दृश्यहरू पनि यस सामाजिक सञ्जालमा पोस्ट गर्न सकिनेछ। ग्लोबल डायरीमा पोस्ट र कमेन्ट मात्रै होइन डाइरेक्ट च्याटमा कुराकानी पनि गर्न सकिन्छ ।

ग्लोबल डायरी ’ ले नेपाली मौलिक पर्व तथा संस्कृति झल्काउने सामग्रीहरू डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।

ग्लोबल डायरी अकाउन्ट बनाउने तरिका ;

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ग्लोबल डायरी (globaldiary.com) अकाउन्ट बनाउने प्रक्रिया सजिलो छ। स्टेप-बाइ-स्टेप निम्न प्रक्रियाबाट सजिलैसँग यो प्लेटफर्म साइन अप गर्न सहयोग पुग्नेछ:

१. वेबसाइटमा जानुहोस्:
ग्लोबल डायरीमा खाता खोल्नका लागि सबैभन्दा पहिले तपाईंले आफ्नो मोबाइल वा कम्प्युटरबाट www.globaldiary.com
मा जानुपर्छ।

२. “Register Now” क्लिक गर्नुहोस्:
वेबसाइट खुलेपछि होमपेजमा रहेको “Register Now” बटनमा क्लिक गर्नुहोस्।

३. इमेल वा फोन नम्बर टाइप गर्ने:
अब तपाईंसँग दुई विकल्प हुन्छन् – आफ्नो इमेल ठेगाना वा मोबाइल नम्बर। कुनै एक टाइप गरेर “Next” बटन थिच्नुहोस्।

४. OTP कोड इन्टर गर्नुहोस्:
यदि तपाईंले मोबाइल नम्बर टाइप गर्नुभयो भने, तपाईंको मोबाइलमा ६ अङ्कको OTP (One Time Password) कोड आउनेछ। त्यो कोड वेबसाइटमा देखिएका ६ वटा बक्समा ठिक-ठिकै राख्नुहोस्।

५. व्यक्तिगत विवरण भर्नुहोस्:
OTP सफल भएपछि, तपाईंले आफ्नो पूरा नाम (Full Name) टाइप गर्नुहोस्। त्यसपछि पासवर्ड बनाउनुहोस् र त्यही पासवर्ड पुन: कन्फर्म गर्नुहोस्।

६. अकाउन्ट (खाता) तयार 
यी सबै प्रक्रिया पूरा गरेपछि तपाईंको प्रोफाइल तयार हुन्छ र तपाईं ग्लोबल डायरीको सेवाहरू प्रयोग गर्न सक्नुहुन्छ।

ग्लोबल डाइरीले सामाजिक सञ्जालको जस्तै आफ्ना विचार, गतिविधि तथा जानकारी सञ्जालमा साझा गर्न चाहने प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो प्लेटफर्म विकास गरेको छ।

 थप जानकारीका लागि:
www.globaldiary.com

 

 



nationalnews7 nationalnews7   
  • October 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP