Dark Mode

      Subscribe

सुकुम्वासी बस्ती हटाउँदा सेना खटाइएको थिएन : अर्थमन्त्री वाग्ले

403
SHARES
सुकुम्वासी बस्ती हटाउँदा सेना खटाइएको थिएन : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले नेपाली सेनालाई सुकुम्वासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नखटाएको प्रस्ट पारेका छन्। प्रधानमन्त्रीको तर्फबाट सदनमा जवाफ दिँदै यस्तो बताएका हुन्।

उनले भने, ‘नेपाल सरकारले नेपाली सेनालाई सुकुम्वासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा खटाएको थिएन। जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्वासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु।’

मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशन बमोजिम मुलुकको सबै भूभागमा आवश्यकता अनुसार नेपाली सेना लगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने बताए।



nationalnews7 nationalnews7   
  • June 18, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP