Dark Mode

      Subscribe

चीनबाट आयात हुने सामानमा अमेरिकी कर १०४ प्रतिशत पुग्यो

1.2K
SHARES
चीनबाट आयात हुने सामानमा अमेरिकी कर १०४ प्रतिशत पुग्यो

काठमाडौं। अमेरिकाले चीनबाट आयात हुने सामानमा कर बढाउँदा पाकिस्तानमा एउटा आईफोनको मूल्य १० लाख पाकिस्तानी रुपैयाँसम्म पुग्ने भएको छ । आईफोनलगायतका धेरैजसो अमेरिकी ब्राण्डका उत्पादनहरू चीनमा निर्माण हुने भएकाले चीनमाथि लागेको करले ती सामानको मूल्यमा प्रत्यक्ष असर पार्ने देखिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट आयात हुने सामानमा उच्च भन्सार शुल्क लगाउने नीति अघि सारेपछि वस्तु मूल्यमा असर पर्न थालेको हो । यसैबीच अमेरिकाले चीनबाट आयात हुने सामानमा जम्मा १०४ प्रतिशत आयात शुल्क लगाएको बीबीसीले जनाएको छ ।

यसअघि ट्रम्पले चीनमाथि २० प्रतिशत कर लगाइसक्नु भएको थियो भने अहिले थप ५० प्रतिशत अतिरिक्त कर लगाइएको छ । ह्वाइट हाउसले एक आधिकारिक कागजातमार्फत चीनको अमेरिका विरुद्धको कदमको जवाफमा यस्तो निर्णय गरिएको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले सोमवारमात्रै चीनले अमेरिकी सामानमा लगाएको आयात शुल्क फिर्ता लिए थप ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको थियो । यो व्यापार युद्धको असर भारत, पाकिस्तानलगायतका दक्षिण एशियाली देशहरूमा पनि पर्ने अनुमान गरिएको छ । यस्ता देशहरुमा विदेशी प्रविधि उत्पादनहरूको मूल्यमा धेरै बढ्न सक्ने बीबीसीको खबरमा उल्लेख छ ।



nationalnews7 nationalnews7   
  • April 9, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP