Dark Mode

      Subscribe

सहकारीका सदस्यलाई भत्ता दिन नपाइने, साधारण सभामा गैर सदस्यलाई प्रवेश ‘निषेध’

533
SHARES
सहकारीका सदस्यलाई भत्ता दिन नपाइने, साधारण सभामा गैर सदस्यलाई प्रवेश ‘निषेध’

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणमुखी सहकारी संस्थामाथि निगरानी कडा पार्दै नयाँ निर्देशन लागू गरेको छ। नयाँ व्यवस्था अनुसार अब सहकारीको साधारण सभामा फजुल खर्च गर्न सकिने छैन।

निर्देशनले उद्घाटन कार्यक्रम, अतिथि सत्कार, यातायात खर्च, सहभागिता भत्ता, उपहार वितरण वा भोजभतेर जस्ता कार्यलाई रोक लगाएको छ। प्राधिकरणले यसलाई बचतकर्ताको हित सुरक्षित गर्न र संस्थामा मितव्ययिता कायम राख्न आवश्यक कदमका रूपमा व्याख्या गरेको छ।

त्यसैगरी, अबदेखि साधारण सभामा केवल सदस्य मात्र सहभागी हुन पाउने छन्। गैर–सदस्यलाई सभा प्रवेश, मतदान वा निर्णय प्रक्रियामा संलग्न हुन नदिने प्रावधान राखिएको छ। यस्तो कार्यलाई ‘स्वार्थको द्वन्द्व’ मानिने निर्देशनमा उल्लेख छ। आवश्यकता परे मात्र सदस्य शिक्षाको प्रयोजनका लागि विज्ञ वा प्रतिनिधिलाई आमन्त्रण गर्न सकिने व्यवस्था छ।

नयाँ पदाधिकारी छनोट गर्दा निर्वाचन समिति उपस्थित रहेर पारदर्शी ढंगले मात्र निर्वाचन सम्पन्न गर्नुपर्ने स्पष्ट गरिएको छ। निर्देशनको अवज्ञा गर्ने सहकारी संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही हुने प्राधिकरणका कार्यकारी निर्देशक शोषनारायण पौडेलले चेतावनी दिएका छन्।



nationalnews7 nationalnews7   
  • September 5, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP