Dark Mode

      Subscribe

नरबहादुर कर्मचार्यको जन्म शताब्दी मनाउँदै माओवादीसहितका कम्युनिस्ट दल

806
SHARES
नरबहादुर कर्मचार्यको जन्म शताब्दी मनाउँदै माओवादीसहितका कम्युनिस्ट दल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको सालिकमा माल्यार्पण गरेर उनको जन्मशताब्दीका कार्यक्रम शुभारम्भ गरेका छन् ।

 

अध्यक्ष दाहालले स्वर्गीय नेता कर्मचार्यको सालिकमा माल्यार्पण गरेसँगै जन्मशताब्दीका कार्यक्रम आरम्भ भएको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी दिए ।

 

‘कर्माचार्यको जन्म भएको एक सय वर्ष भयो । यो वर्षभरि नै कार्यक्रम गरिँदैछ । आज दिउँसो प्रज्ञा प्रतिष्ठानमा जन्मशताब्दी आरम्भका अवसरमा ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ शीर्षकमा विचार गोष्ठी हुँदैछ, देशैभरि कार्यक्रम गर्न पार्टीपङ्क्तिलाई निर्देशन दिइएको छ,’ कार्यबाहक अध्यक्ष पोखरेलले भने ।

 

गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कम्युनिस्ट नेता मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

 

वि.सं. १९८१ कात्तिक १४ गते भाइटीकाका दिन ललितपुरको झपाटोलमा बुबा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौंमा निधन भएको थियो ।

 

वि।सं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य थिए । उनी २००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।

 

पार्टी स्थापनापश्चात् कर्माचार्य मजदुर संगठनको संस्थापक अध्यक्ष बनेका थिए भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।



nationalnews7 nationalnews7   
  • October 30, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP