Dark Mode

      Subscribe

ट्रेड टावरले जेठ १४ देखि आईपीओ निष्कासन गर्दै

637
SHARES
ट्रेड टावरले जेठ १४ देखि आईपीओ निष्कासन गर्दै

काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० को रुपियाँको ४८.६९६ प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कास गर्न अनुमति पाएको थियो । जसमध्येबाट पहिलो चरणमा प्रतिकित्ता १०० रुपियाँका दरले ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि, १ लाख ९८ हजार ५८४।६५ कित्ता सामूहिक लगानी कोषलाई र ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीमा बाँडफाँट गरिसकेको छ ।

यसरी बाँकी रहेको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन जेठ १९ गतेसम्म दिन सकिनेछ । सो अवधिसम्म शेयर बिक्री नभएमा म्याद जेठ २८ गतेसम्मका लागि लम्बिनेछ । कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले रहेको छ ।



nationalnews7 nationalnews7   
  • May 19, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP