Dark Mode

      Subscribe

सेयर बजारमा उच्च अंकको वृद्धि, ९ अर्ब ७७ करोडको कारोबार

2.4K
SHARES
सेयर बजारमा उच्च अंकको वृद्धि, ९ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ । ६२.५४ अंकले बढेको परिसूचक २७३८ बिन्दुमा उक्लिएको छ ।

 

आज कारोबार रकम पनि उल्लेख बढेको छ । कुल २ करोड २४ लाख ७४ हजार कित्ता सेयर खरिद-बिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

 

आज २२८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । आइतबार गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखियो ।

 

सानिमा जीआईसी इन्स्योरेन्सको कारोबार भने सबैभन्दा धेरै भएको छ । यसको ३८ करोड ४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।



nationalnews7 nationalnews7   
  • November 10, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP