Dark Mode

      Subscribe

कम्पनी ऐन संशोधन, प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सहजता

1.2K
SHARES
कम्पनी ऐन संशोधन, प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सहजता

काठमाण्डौ । प्राइभेट कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सहज हुने भएको छ । अर्थमन्त्रालयले आइतबारआयोजित पत्रकार सम्मेलनमा अध्यादेश, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

मन्त्रालयले कम्पनी ऐन, २०६३, मा भएको केही व्यवस्था संशोधन गरेको छ । प्राइभेट कम्पनीले प्रिमियम मूल्यको सेयर जारी गर्दा हाल कम्पनी रजिष्ट्रार कार्यालयको थप स्वीकृति लिन नपर्ने व्यवस्था कायम गरेको छ ।

यसका साथै संशोधित व्यवस्थामा कम्पनीहरुले प्रिमियममा सेयर जारी गर्दा तीन वर्षको लेखापरीक्षणको व्यवस्था हटाई प्रक्रिया हटाई सरल गरिएको छ । यसअघि कम्पनी ऐन, २०६३ मा कुनै पनि प्राइभेट कम्पनीले प्रिमियममा सेयर जारी गर्नको लागि तीन वर्षको अनिवार्य लेखापरीक्षण गराएको हुनुपर्ने र कम्पनी रजिष्ट्रारको स्वीकृति लिनुपर्ने व्यवस्था थियो ।

तर प्राइभेट कम्पनीले अब कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिन नपर्ने व्यवस्था भएपनि अन्तिम स्वीकृति भने नेपाल धितोपत्र बोर्ड ९सेबोन०बाटै लिनुपर्नेछ । त्यस्तै, कम्पनी ऐन, २०६३ मा संशोधन भएको व्यवस्थाअन्तर्गत श्वेट सेयरलाई व्यवस्थित गर्दौ स्टार्ट–अप उद्यमको हकमा चुक्तापुँजीको ४० प्रतिशत, र कम्पनीको हकमा २० प्रतिशत सेयर व्यक्तिलाई प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।



nationalnews7 nationalnews7   
  • January 19, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP