Dark Mode

      Subscribe

सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो, फाइनान्स समूह चम्कियो

65
SHARES
सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो, फाइनान्स समूह चम्कियो

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंकले बढेर २६४९ अंकमा पुगेको छ। यस दिन कुल कारोबार रकम ७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ, जुन पछिल्लो एक महिनायताकै उच्च हो।

बजार खुलेदेखि नै उकालो लागेको नेप्से ११:५७ बजे २६६२ अंकसम्म पुगे पनि त्यसपछि भने सो स्तर कायम राख्न सकेन। दिनभर उतार–चढाव देखिए पनि अन्त्यमा बजार हरियो अंकमै बन्द भयो।

कारोबारमा सहभागी १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। अघिल्लो दिन ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार उल्लेखनीय वृद्धि देखिएको हो।

समूहतर्फ हेर्दा फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूह २.८७ प्रतिशतले बढेर सबैभन्दा अगाडि रह्यो। अघिल्लो दिन सबैभन्दा बढी बढेको उत्पादन तथा प्रशोधन समूह भने मंगलबार ०.५१ प्रतिशतले घट्यो। होटल तथा पर्यटन समूह पनि ०.२३ प्रतिशतले ओरालो लाग्यो।

अन्य समूहहरूमध्ये बैंकिङ ०.४३, विकास बैंक ०.७९, हाइड्रोपावर ०.१३, लगानी ०.३२, जीवन बीमा ०.०४, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा ०.१२, अन्य ०.७७ र व्यापार समूह ०.५४ प्रतिशतले बढे।

व्यक्तिगत कम्पनीतर्फ जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो। थ्रीस्टार हाइड्रोपावर ९.५४, जानाकी फाइनान्स ५.८३, गुडविल फाइनान्स ५.४६ र एसवाई प्यानल ५.४३ प्रतिशतले उकालो लागे।

घट्ने कम्पनीतर्फ रुरु जलविद्युतको मूल्य ८.४१ प्रतिशतले सबैभन्दा धेरै घट्यो। त्यस्तै ट्रेड टावर ६.२६, सान्भी इनर्जी ५.६१, बन्दीपुर केबुलकार ५.४२ र श्रीनगर एग्रिटेक कम्पनी ५.१६ प्रतिशतले घटे।

यस दिन सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स रहेका छन्।



nationalnews7 nationalnews7   
  • January 6, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP