Dark Mode

      Subscribe

नेप्सेमा साेमबार एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट

1.2K
SHARES
नेप्सेमा साेमबार एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट

काठमाडौं ।अघिल्लो दिन ७५ अंकले बढेको नेप्से आज सोमबार १३.६२ अंकले घटेर २८ सय ७६.६६ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ३.७१ अंकले घटेर चार सय ८०.५९ अंकमा सीमित भएको छ ।

तीन सय वटा कम्पनीहरुको एक लाख ३९ हजार पाँच सय ५५ वटा कम्पनीहरुको तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर खरिद-बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये पाँच वटा समुहहरुको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छन् । आज वाणिज्य बैंक समुहको सुचक १९.९४ अंकले घटेर १४ सय ४७.६९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ४७.४१ अंकले घटेर तीन हजार आठ सय ४७.३४ अंकमा पुगेको छ ।

बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार समुहको सुचक पनि आज घटेका छन् । जीवन बीमा समुहको सुचक भने एक सय १३.२१ अंकले बढेर १४ हजार छ सय ७१.८७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६२.शुन्य छ अंकले बढेर १३ हजार चार सय ५९.१५ अंकमा पुगेको छ । उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि आज बढेका छन् ।



nationalnews7 nationalnews7   
  • March 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP