Dark Mode

      Subscribe

यस्ता छन् नीति तथा कार्यक्रममा समेटिएका ६ वटा नारा

1.5K
SHARES
यस्ता छन् नीति तथा कार्यक्रममा समेटिएका ६ वटा नारा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३को नीति तथा कार्यक्रम ६ वटा नाराका साथ प्रस्तुत गरेको छ। विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका केही नारा यो पटक पनि दोहार्याइएको छ । अन्य केही अर्थपूर्ण नाराहरू नीति तथा कार्यक्रममा अघि सारिएका छन्।

ओली पहिलो पटक प्रधानमन्त्री भएपछि अघि सारिएको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ यस पटकको नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइएको छ। अर्को श्रम क्षेत्रमा जनशक्तिको अभाव कम र सिपयुक्त शक्ति तय गर्न नयाँ नीति अघि सारिएको छ। जसको लागि ‘उद्यमशीलता मैत्री शिक्षा’ नारा अघि सारिएको छ।

‘जनताको जलविद्युत कार्यक्रम’ लाई यो पटकको नीति तथा कार्यक्रमको नारामा पनि राखिएको छ। यो कार्यक्रम अन्तर्गत जलविद्युत निर्माणका लागि स्वःपूँजी परिचालन गराइने उल्लेख छ। यो पटक आकर्षक नाराका रूपमा ‘निरोगी नेपाल अभियान’ अघि बढाइएको छ। यो अभियान अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरेको बताइएको छ।

अर्को नारामा परराष्ट्र नीतिका रूपमा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने अघि सारिएको छ। यो मान्यता अनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गरिने उल्लेख छ।यस्तै सार्वजनिक प्रशासनमा सुधार ल्याउनको लागि ‘फेस लेस सेवा’ नारा अघि सारिएको छ। यसको अर्थ नागरिकसँग प्रत्यक्ष नभेटेर पनि सरकारबाट सेवा लिन सक्नु हो।

सार्वजनिक सेवालाई प्रभावकारी बनाउन यो नीति अघि सारिएको बताइएको छ। यसको लागि नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरण बनाउने लगायतका योजना अघि सारिएको छ। सरकारले यस पटकको नीति तथा कार्यक्रममा मुख्य तय ६ विषयलाई केन्द्रित गरेको छ। विगतमा विभिन्न सरकारले अघि सारेका कार्यक्रमलाई पुन प्राथमिकीकरण गर्ने र स्रोतले नभ्याउने तथा तयारी पूरा नभएका आयोजनालाई खारेज गर्ने योजना रहेको छ।



nationalnews7 nationalnews7   
  • May 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP