Dark Mode

      Subscribe

प्रेम र श्रद्धाको पर्व ‘भाइटिका’

117
SHARES
प्रेम र श्रद्धाको पर्व ‘भाइटिका’

सुनिल सापकोटा (विराटनगर )। आज यम पञ्चकको अन्तिम दिन हो । सोही क्रममा भाइ टिका बारे छोटकरीमा आफूलाई लागेका कुराहरू हजुरहरू समक्ष राख्छु । हाम्रा चाड पर्वहरूमा खाली पाप पुण्यका रुढीवादी कुरा मात्र छैनन् । यी चाड पर्वहरूमा धेरै कुराहरू जोडिएका पनि छन्। यसमा धार्मिकका साथै अन्य सामाजिक र भावनात्मक नाता सम्बन्धहरू र आपसी माया प्रेम र सद्भावहरूका पक्षहरू पनि जोडिएका छन् ।त्यसैले हाम्रा पर्वहरू रमाइलो र मनोरञ्जनात्मक मात्र छैनन् कि यी भित्र सन्देशहरू पनि लुकेर बसेका छन्।

यसै क्रममा हामी हिन्दुहरूको पौराणिक कथा अनुसार धेरै वर्ष अगाडि आजको दिन हाम्रा परलोक का देवता यमराज अर्थात् धर्मराज आफ्नो बहिनी जमुना कहाँ टिका लगाउन जमुनाको घर गएको हुँदा आज हामीले पनि दिदी बहिनीको घर गएर टीका लगायौ भने अकाल मृत्यु हुँदैन र दीर्घायु हुन्छ भन्ने हाम्रो धार्मिक मान्यता रही आएको छ ।

त्यस्तै सामाजिक र घरायसी कुरा गर्दा पनि दिदीबहिनी र दाजुभाइको सम्बन्ध बडो अजिबको सम्बन्ध हुन्छ । केटाकेटी देखि नै दिदिबहिनीहरु एउटै घरमा दाजुभाइ सङ सँगै हुर्किने हुँदा यिनीहरूको बिचमा लुगा फाटोहरू बढी घटी किनी दिने कुरामा , मिठो खानेकुराहरूमा , किताब र कपिका कुराहरूमा , खेलकुदका कुराहरूमा, सधैँ जसो दाजुभाइ र दिदीबहिनी बिच घरमा झैँ झगडा र प्रतिस्पर्धा भई रहेको हुन्छ ।

बाबुआमाले हामीहरूलाई भन्दा दाजुभाइ लाई बढी माया गर्छन् भन्ने कुरा दिदिबहिनीहरुको मनमा परेता पनि उनीहरू सहेर बसेका हुन्छन् । नेपाली समाज पुरुष प्रधान समाज भएको हुँदा आजको यस आधुनिक समयमा पनि प्रायः जसो घरमा दिदीबहिनीहरू दाजुभाइ सङ दबेरै बसेको देखिन्छ ।

यसरी एक दिन समयको गतिमा दिदीबहिनीहरूको बिहे हुन्छ र उनीहरू अर्काको घर सधैँका लागि जान्छन् । अनि यो व्यस्त भाग दौड जीवनमा वर्षको एक पटक मात्र टीका लाइदिने, आपसमा कुरा कानी र दुःख सुख साटा साट गर्ने मौका चाहिँ दिदीबहिनीले आजको दिन मात्र राम्ररी पाउँछन्।

त्यसैले जसरी भएपनी भाइ टिकाको दिन दिदीबहिनी र दाजुभाइ बिच भेटघाट हुनै पर्छ भन्ने यो पर्वको सन्देशका साथै धार्मिक र सामाजिक महत्त्व पनि यो भाइटिकाले बोकेको देखिन्छ । आजको दिन दाजुभाइ र दिदिबहिनीहरु बिच आत्मीय सम्बन्धको सम्झना दिलाउने र उनीहरू बिच प्रेम र श्रद्धा लाई जीवन्त राख्ने दिन पनि हो । इति ।

२०८२ सालको भाइ टिकाको सबैमा मेरो शुभकामना ।



nationalnews7 nationalnews7   
  • October 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP