Dark Mode

      Subscribe

आठ अंकले घट्दा सात अर्ब आठ करोडको शेयर काराेबार

1.5K
SHARES
आठ अंकले घट्दा सात अर्ब आठ करोडको शेयर काराेबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि ८.४१ अंकले घटेर २ हजार ६११.८५ अंकमा झरेको छ ।

छ । नेप्सेमा आज ३२० वटा कम्पनीको ७८ हजार ४९३ पटकको कारोबारमा एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब आठ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा तीन वटा समूहहरुको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन समूहको सूचक ३२२.८३ अंकले बढेर छ हजार ८९१.६६ अंकमा चढेकोमा व्यापार समूहको सूचक ३०.८४ अंकले बढेर चार हजार ३८९.३५ अंकमा चढेको छ ।

यसैगरी सामुहिक लगानी कोष समूहको सूचक पनि शुन्य दशमलव शुन्य पाँच अंकले बढेको छ । वाणिज्य बैंक समुहको सुचक भने आज दुई दशमलव ६० अंकले घटेर १३ सय तीन.१७ अंकमा झरेको छ भने बिकास बैंक समूहको सूचक पनि एक सय २१.५० अंकले घटेर पाँच हजार तीन सय ६३.८३ अंकमा झरेको छ ।



nationalnews7 nationalnews7   
  • May 15, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP