Dark Mode

      Subscribe

बैंकहरूमा अधिक तरलताको समस्या झनै बढ्याे

819
SHARES
बैंकहरूमा अधिक तरलताको समस्या झनै बढ्याे

काठमाण्डौ । बैंकहरूमा अधिक तरलताको समस्या झनै बढेपछि नेपाल राष्ट्र बैंकले ४२ दिने निक्षेप सङ्कलन जारी गरेको छ । अधिक तरलता समस्या कम गर्न केन्द्रीय बैंकले आज २५ अर्ब रुपैयाँ तरलता खिच्न दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गरेको हो । बैंकले आइतबार अल्पकालीन नभई झन्डै डेढ महिनाका लागि तरलता खिच्ने उपकरण जारी गरेको हो ।

यसअघि केन्द्रीय बैंकले तरलता खिच्न २, ७, १३, १४, २१, २२ र २३ दिने अवधिको निक्षेप सङ्कलन उपकरण जारी गर्दै आएको थियो । गएको बुधवार मात्रै ३१ अर्ब ८५ करोड प्रणालीबाट खिचेको केन्द्रीय बैंकले आइतबार फेरि २५ अर्ब रुपैयाँ खिचेको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले बोलकबोलका लागि आह्वान गरेको हो । दीर्घकालीन निक्षेप सङ्कलन बोलकबोल बहुब्याजदर प्रणालीमा गरिने छ ।



nationalnews7 nationalnews7   
  • June 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP