Dark Mode

      Subscribe

त्रिभुवन विमानस्थल परिसरको आयल निगम डिपो सार्न डीपीआर तयार

533
SHARES
त्रिभुवन विमानस्थल परिसरको आयल निगम डिपो सार्न डीपीआर तयार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको डिपो सार्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)  तयार भएको छ । निगमले डीपीआर निर्माणका लागि गएको मङ्सिरमा पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरेको थियो । आज एक कार्यक्रमका बीच संस्थानले निगमलाई डीपीआर बुझाएको हो ।

सिनामङ्गलमा रहेको पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्न भदौमा ठेक्का आह्वान गर्ने नेपाल आयल निगम सिनामङ्गल डिपोका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिनुभयो ।

नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने गुह्वेश्वरीतर्फको ५० रोपनी जग्गामा निगमको डिपो स्थानान्तरण हुने उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै जोडिएको डिपो जोखिम हुने कुरालाई ख्याल गरेर अन्यत्र सार्न लागेको निगमले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • July 24, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP