Dark Mode

      Subscribe

नेप्से परिसुचकसँगै कारोबार रकममा वृद्धि, लगानीकर्ता उत्साहित

1.1K
SHARES
नेप्से परिसुचकसँगै कारोबार रकममा वृद्धि, लगानीकर्ता उत्साहित

काठमाडौँ । लगानीकर्ता उत्साहित हुँदा सेयर बजार परिसुचक नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार नेप्से परिसुचक ३४।४२ अंकले बढेर २६९४।८२ अंकमा पुगेको छ । बुधबार कारोबारमा आएका ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर ८९ हजार ४६८ पटक किनबेच हुँँदा ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से परिसुचक २८।९१ अंकले बढेर २६६०।३९ अंकमा पुग्दा कारोबार रकम ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँ पुगेको थियो ।
बुधबार सबै समूहमा हरियाली देखिदा सबैभन्दा बढी जीवन बीमा समूह ३६२।६८ अंकले बढेको छ । निर्जीवन बीमा समूह३०४।९४ अंकले, विकास बैंक समूह १२६।९५ अंकले व्यापार समूह ७३।०२ अंकले, उत्पादन तथा प्रशोधन समूह ४९।१३ अंकले लघुवित्त समूह २७।३० अंकले अन्य समूह २०।९२ अंकले बढ्दा बैंकिबैंकिङ्ग समूह १८।७६ अंकले बढेको छ ।

यस्तै, ग्रीन डेभलपमेन्ट बैंक, खानी खोला हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, गूराँस लघुवित्तको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । सिन्धू विकास बैकको सेयर मूल्य ८।९२ अंकले बढेको छ ।

समग्र बजार बढ्दा पनि ९ प्रतिशत आइसीएफसी फइनान्सको डेभेन्चर २०८८ को सेयर मूल्य ३।७३ प्रतिशतले घटेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य ३।३१ प्रतिशत, युनिभर्सल पावरको सेयर मूल्य २।४७ प्रतिशत, सिटिजन्स सुपर ३० म्याचुअल फन्डको सेयर मूल्य २।३८ प्रतिशत र अभियान लघुवित्तको सेयर मूल्य २।३२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट ५५ करोड ५३ लाख २१ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड ५० लाख २५ हजार ६० इकाईको कारोबार सहित अग्रस्थानमा रहँदा कोरोबार संख्याको आधारमा साहस ऊर्जा ३ हजार ५१६ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।बुधबारको कारोबार सँगै कूल बजार पूँजीकरण ४४ खर्ब ८९ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।



nationalnews7 nationalnews7   
  • July 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP