Dark Mode

      Subscribe

पूर्वाञ्चल विश्वविद्यालयमा B.Sc.Ag., B.Sc.FND र B.Sc.Forestry शैक्षिक कार्यक्रमहरुको लागि भर्ना खुल्याे

910
SHARES
पूर्वाञ्चल विश्वविद्यालयमा B.Sc.Ag., B.Sc.FND र B.Sc.Forestry शैक्षिक कार्यक्रमहरुको लागि भर्ना खुल्याे

गोठगाउँ । पूर्वाञ्चल विश्वविद्यालय जि.पि.कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर र कलेज अफ इन्भाइरोमेन्ट एण्ड फरेष्ट्री गोठगाउँ,मोरङ्गमा स्नातक तहका शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा सम्बन्धि अत्यन्त जरुरी सुचना

मोरङको सुन्दरहरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गतको आंगिक क्याम्पस जि.पि.कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर गोठगाउँ,मोरङमा Bachelor of science (Honors) in Agriculture (B.Sc.Ag.)र Bachelor of science in Food, Nutrition & Dietetics (B.Sc.FND) शैक्षिक कार्यक्रमको तथा कलेज अफ इन्भाइरोमेन्ट एण्ड फरेष्ट्री, गोठगाउँ,मोरङमा Bachelor of science in Forestry (B.Sc. Forestry) शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०८१ (सन २०२४) का लागि पूर्ण शुल्कमा भर्नाका लागि ONLINE (अनलाइन) मार्फत आवेदन फाराम आव्हान गरिएको छ ।

विश्वविद्यालय द्वारा तोकिएको न्युनतम शैक्षिक योग्यता हासिल गरेका इच्छुक विद्यार्थीहरुले आफुले अध्ययन गर्न चाहेको शैक्षिक कार्यक्रम छनौट गरी शैक्षिक योग्यताका प्रमाणपत्रहरु र पासपोर्ट साइजको फोटोको Scan Copy समेत Attach गरी तोकिएको दस्तुर सहित यस संकायको Online Payment मार्फत आवेदन फाराम भर्ने व्यवस्था मिलाईएको छ । विस्तृत जानकारीका लागि पू.वि.विज्ञान तथा प्रविधि संकायको वेवसाइड https://pufost.edu.np वा https://entrance.pufost.edu.np बाट प्राप्त गर्न सकिने छ ।

तपशिल:

१. आवेदन फाराम शुल्कः (सेवा शुल्क वाहेक)रू १,५०० (अक्षेरूपी एक हजार पाँच सय) मात्र ।

२.आवेदन फाराम भर्ने मितिः २०८१/०५/१८ गतेदेखि मिति २०८१/०६/०६ गतेसम्म

३. प्रवेश परीक्षा मितिः २०८१/०६/१० गते विहिवार विहान ११.०० बजेदेखि दिउँसाे १.०० बजेसम्म ।

४. परीक्षा केन्द्रः जि.पि. कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर (GPCAR) गोठगाउँ, मोरङ ।

५. प्रवेश परीक्षा सम्बन्धी अन्य जानकारी पू.वि.विज्ञान तथा प्रविधि संकायको वेवसाइड pufost.edu.mp बाट डाउनलोड गर्न सकिनेछ ।



nationalnews7 nationalnews7   
  • September 9, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP