Dark Mode

      Subscribe

पक्रेर देखाउन लिङ्देनको सरकारलाई चुनौती

897
SHARES
पक्रेर देखाउन लिङ्देनको सरकारलाई चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रममा लिङ्देनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको भन्दै आक्रोश पोखेका हुन् ।

उनले अगाडि भने, ‘म केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो राजेन्द्र लिङ्देन । सके पक्रेर देखाओस् ।’आफूहरुले अराजकताभित्र भविष्य नखोजेको उनले बताए । त्यही कारण सरकार र ठूला पर्टीहरुलाई संविधानले काम गरेन भनेर आग्रह गरिसकेको भन्दै लिङ्देनले भने, ‘चाँडोभन्दा चाँडो सबै अटाउने, हिजोका र आजका राम्रा विषयहरुलाई समेटेर नयाँ यात्रा तय गर्नुछ । अब अगाडि जानुको विकल्प छैन ।’संविधान पक्षधरहरुले जबर्जस्त गरिरहे आफूहरुले जनताको बलमा संविधान उल्ट्याउने उनको चेतावनी छ ।



nationalnews7 nationalnews7   
  • September 18, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP