Dark Mode

      Subscribe

विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति

26
SHARES
विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति

विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालत काठमाडौंले अनुमति दिएको छ।
मंगलबार न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोईरालाको इजलासले म्याद थप गर्दै अनुमति दिएको हो।

पौडेललाई २० दिन हिरासतमा राख्न अनुमतिका माग गरिएको थियो।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो।

पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो।

 



nationalnews7 nationalnews7   
  • June 23, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP