Dark Mode

      Subscribe

९५ हजारभन्दा बढीले बुझाएनन् कर विवरण, भ्याट दर्ता एकैसाथ निलम्बन

650
SHARES
९५ हजारभन्दा बढीले बुझाएनन् कर विवरण, भ्याट दर्ता एकैसाथ निलम्बन

काठमाडौं । आन्तरिक राजस्व विभागले कर विवरण नबुझाउने ९५ हजारभन्दा धेरै करदातालाई कारबाही गरेको छ । लगातार ६ महिनासम्म कर विवरण नुबझाउने उनीहरुको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन गरेर विभागले कारबाही गरेको हो ।

विभागले आइतबार दर्ता निलम्बनमा परेका ९५ हजार ३ सय ४९ जना करदाताको नाम वेबसाइटमार्फत सार्वजनिक गरेको हो । यससम्बन्धी सूचना भने विभागले हिजै गोरखापत्र दैनिकमा प्रकाशन गरिसकेको थियो ।

सूचनामा आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कारोबार नियमित गर्न भनिएको छ । दर्ता निलम्बन गर्नुअघि विभागले उनीहरूलाई १५ दिने अल्टिमेटम दिएको थियो । दर्ता निलम्बन भएका करदाताले कर विवरण पेश गरी कारोबार नियमित गरेपछि निलम्बन हट्ने व्यवस्था छ ।

 



nationalnews7 nationalnews7   
  • May 25, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP