Dark Mode

      Subscribe

रास्वपा महाधिवेशन:केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

65
SHARES
रास्वपा महाधिवेशन:केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

काठमाडौँ, असार १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। चितवनस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको जानकारी दिनुभयो।

प्रवक्ता झाका अनुसार उम्मेदवारमाथि दाबी विरोधका लागि बुधबार साँझ ५ बजेसम्मको समय सीमा निर्धारण गरिएको थियो। साँझ ६:३० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर बेलुकी ७:३० बजेदेखि मतदान प्रक्रिया सुरु गरिने तयारी भइरहेको उहाँले बताउनुभयो।

मतदान प्रारम्भ भएको चार घण्टाभित्र मतदान कार्य सम्पन्न हुने र मतदान सकिएको दुई घण्टाभित्रै मतपरिणामसमेत सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । नामावलीमाथि दर्ता हुने दाबी र विरोधका आधारमा परिमार्जन गरेर अन्तिम सूची काशन हुनेछ।



nationalnews7 nationalnews7   
  • June 24, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP