Dark Mode

      Subscribe

प्रहरी प्रवक्ता कार्कीकाे नयाँ गीत ‘दसैँ रमाइलो’ सार्वजनिक

975
SHARES
प्रहरी प्रवक्ता कार्कीकाे नयाँ गीत ‘दसैँ रमाइलो’ सार्वजनिक

काठमाडौं । नेपालीको ठुलो चाड दसैँको पूर्वसन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीको शब्द रहेको दसैँ गीत ‘दसैँ रमाइलो’ सार्वजनिक भएको छ ।

 

गीतमा गायक राजेशपायल राई र गायिका मेलिना राईले स्वर भरेका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्वय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन् ।

 

करणसिंह चैसिरको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् ।

 

‘विशिष्ट सांस्कृतिक महत्त्व बोकेको नेपालीको महान् चाड हो,’ गीतबारे गीतकार कार्कीले भने, ‘यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दसैँ मान्न नपाउनेको समग्र मनस्थिति र अवस्थालाई यो गीतमार्फत झल्काउन खोजिएको छ । गीत समग्र नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी र यसको सांस्कृतिक महत्वलाई उजागर गर्नेगरी बनाइएको छ ।



nationalnews7 nationalnews7   
  • September 27, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP