Dark Mode

      Subscribe

दुई अर्ब ७७ करोड ६७ लाख बैकिङ प्रणालीमा राखिने

910
SHARES
दुई अर्ब ७७ करोड ६७ लाख बैकिङ प्रणालीमा राखिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब७७ करोड ६७ लाख रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ ।

राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । विभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीको रुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि सेप्टेम्बर ११, २०२५ देखि सेप्टेम्वर ११, २०२६ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीले यही भदौ आठ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि दुई अर्ब २२ करोड १४ लाख, बिकास बैंकहरुको लागि ४१ करोड ६५ लाख र फाईनान्स कम्पनीको लागि १३ करोड ८८ लाख रुपैयाँ छुट्याईएको छ ।



nationalnews7 nationalnews7   
  • August 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP