Dark Mode

      Subscribe

अधिक तरलता नियन्त्रणको सकस, १६ दिनको लागि पुन: २५ अर्ब रुपैयाँ तान्यो राष्ट्र बैंक

858
SHARES
अधिक तरलता नियन्त्रणको सकस, १६ दिनको लागि पुन: २५ अर्ब रुपैयाँ तान्यो राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिचेको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचेको हो ।

राष्ट्र बैंकका अनुसार बुधबार अपरान्ह दुई बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुने अवधि १६ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती पुस २५ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ ।

यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।



nationalnews7 nationalnews7   
  • December 24, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP