Dark Mode

      Subscribe

सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय अघि बढाउन शीर्ष नेता एकमत

676
SHARES
सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय अघि बढाउन शीर्ष नेता एकमत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका लागि कुनै कमीकमजोरी हुन नदिने स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउन निकै ढिलाइ भएको भन्दै सचेततापूर्वक कुनै पनि ठाउँमा कमी कमजोरी नहुने गरी अघि बढाउने स्पष्ट पारेका हुन्।

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण गरी कामहरू प्रारम्भ भइसकेको अवस्थामा संयन्त्रहरूले गरेका कामका बारेमा सामान्य ब्रिफिङ गर्ने काम भएको प्रधानमन्त्रीका विशेष सल्लाहकार अग्नि खरेलले जानकारी दिए । सँगसँगै कार्यालय व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको उनले बताए ।

खरेलले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगलाई सहजीकरण गर्न सरकार तयार रहेको र राजनीतिक दलहरूले उपयुक्त ढंगले संयोजन गर्ने तथा बाँकी कामहरू आयोगले नै गर्ने कुरामा सचेत रहेको धारणा राखे । उनले अहिले सरकारी पक्षबाट उपचार गर्ने कुराहरूमा सरकारी अस्पतालहरूलाई अगाडी बढाउन स्वास्थ्य मन्त्रालयले एउटा संयन्त्र नै बनाइएको जानकारी दिए ।

कार्यविधिको तहमा रहेर संक्रमणकालीन न्यायसँग गाँसिएका द्वन्द्व पीडितहरूका उपचार हुने जानकारी सरकारका तर्फबाट शीर्ष नेतालाई गराइएको खरेलले बताए । बैठकका क्रममा प्रधानमन्त्री ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको विषयमा सबै नेताहरूलाई बधाई समेत दिए थिए । प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी थिए ।



nationalnews7 nationalnews7   
  • June 20, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP