Dark Mode

      Subscribe

बैंकको रिपोर्टले घटायो सेयर बजार, कारोबार ५४ प्रतिशतले बढ्यो

2.4K
SHARES
बैंकको रिपोर्टले घटायो सेयर बजार, कारोबार ५४ प्रतिशतले बढ्यो

काठमाडौँ । साताको चौथो कारोबार दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) घटेको छ । यो दिन परिसूचक २०.४१ अंकले घटेर २ हजार ६ सय ४५.३९ अंकमा झरेको हो । बुधबार बजारमा ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ । आज ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार चार अर्ब १७ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

 

आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र व्यापार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक २.३२ प्रतिशतले वृद्धि भएको छ भने व्यापार समूहको परिसूचक ०.२५ प्रतिशतले बढेको छ ।

 

आज ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।



nationalnews7 nationalnews7   
  • October 23, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP