Dark Mode

      Subscribe

‘सरकार १०० दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भयो’

858
SHARES
‘सरकार १०० दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भयो’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् । बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीसँगको भेटमा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

 

‘सरकारको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै हामीले जे आशंका गरेका थियौँ, सय दिनको बिचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ’, अध्यक्ष प्रचण्डले सरकारको विश्लेषण गर्दै भने, ‘विपक्षी दलले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।’

 

उद्योगको बक्यौता महसुल उठाउन खोज्दा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनले बताए ।

 

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै पुर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने जानकारी गराए ।



nationalnews7 nationalnews7   
  • October 23, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP