Dark Mode

      Subscribe

क्यानडा लैजान्छु भन्दै लाखौं रुपियाँ ठग्ने एक युवती पक्राउ

806
SHARES
क्यानडा लैजान्छु भन्दै लाखौं रुपियाँ ठग्ने एक युवती पक्राउ

काठमाडौं । क्यानडा लैजान्छु भन्दै एक युवकको लाखौं रुपियाँ ठग्ने एक युवती भक्तपुरबाट पक्राउ परेकी छन् । दोलखाको बैतेश्वर गाउँपालिका(८ घर भई भक्तपुर मध्यपुर थिमि(३ गठ्ठाघर बस्दै आएकी २७ वर्षीया सुजिता अधिकारी पक्राउ परेकी हुन् ।

सुजिताले आफू अध्ययनका लागि क्यानडा जान लागेको र भिसा पनि आइसकेको बताउँदै डिपेन्डेन्टमा लैजाने भनेर एक युवकसँग २० लाख रुपियाँ लिएकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार रकम लिएर युवती सम्पर्कविहीन भएकी थिइन् । पीडित युबकले जाहेरी दिएपछि अनुसन्त्रानपछि प्रहरीले पक्राउ गरेको हो ।

सुजितालाई विहीबार टेकुबाट नियन्त्रणमा लिइएको हो । ती युवतीलाई अपराधिक लाभ ९एक्टर्सन० सम्बन्धी कसूरमा अनुसन्धान थालेर जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको बताइएको छ ।



nationalnews7 nationalnews7   
  • May 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP