Dark Mode

      Subscribe

समाजसेवामा गछिया लायन्स क्लबको सक्रियता बढ्दो, निःशुल्क आँखा शिविरबाट सयौं लाभान्वित

1.1K
SHARES
समाजसेवामा गछिया लायन्स क्लबको सक्रियता बढ्दो, निःशुल्क आँखा शिविरबाट सयौं लाभान्वित

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचास्थित लायन्स क्लब अफ गछियाले स्थापनाकालदेखि नै समाज सेवाको कामलाई तीव्रता दिँदै आएको छ । लायन्स क्लब गछियाले न्यानो कपडा, सेनेटरी प्याड, स्टेशनरी वितरण, वृक्षारोपण, सरसफाई, स्वास्थ्य शिविरलगायत विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ । यसैक्रममा यही कार्तिक २८ गते बुधबार यस संस्थाले सुन्दरहरैंचास्थित लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।

डिस्ट्रिक कोर्डिनेटर मनिता दङ्गालको प्रमुख आतिथ्यमा भएको निःशुल्क आँखा शिविरमा एरिया चिफ नागेश पोख्रेलको विशिष्ट आतिथ्य रहेको थियो। विराटनगर आँखा अस्पताल रानीको सहयोगमा आँखाका विरामीलाई निःशुल्क आँखा जाँच गरेर सेवा प्रदान गरिएको कार्यक्रमको अध्यक्षता गरेका लायन्स क्लब अफ गछियाका अध्यक्ष कमल दाहालले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा २ सय भन्दा बढीले सेवा लिएका थिए । आँखा शिविरमा उपचार, औषधी र अप्रेसन निःशुल्क गरिएको थियो । चस्मा भने सहुलियत दरमा वितरण गरिएको थियो ।

कार्यक्रममा उपस्थित लायन मातृका चापागाईं, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनप्रसाद ढुङ्गानालगायत व्यक्तिहरुले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । क्लबका प्रथम उपाध्यक्ष हेमन्त भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव कमला न्यौपानेले गर्नु भएको थियो ।



nationalnews7 nationalnews7   
  • November 13, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP