Dark Mode

      Subscribe

यु-१६ युथ लिगमा संकटाले आर्मीलाई ३-० ले हरायो

1K
SHARES
यु-१६ युथ लिगमा संकटाले आर्मीलाई ३-० ले हरायो

काठमाडौँः राजधानीमा जारीे एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगता अन्तर्गत विहीबार भएको खेलमा सङ्कटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा सङ्कटाले आर्मीलाई ३–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै सङ्कटाले चार खेलबाट सात अङ्क जोडेको छ भने पाँचौ खेलमा पराजित आर्मी अङ्कविहीन छ ।

सङ्कटाको जितमा एल्सन राई, गुन्डस सुनुवार र पेम्बा तामाङले एक÷एक गोल गरे । खेलको २१औँ मिनेटमा एल्सनको गोलमार्फत सङ्कटाले पहिलो अग्रता लियो । त्यस्तै खेलको २५औँ मिनेटमा गुन्डसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ८३ औँ मिनेटमा पेम्बाले थप एक गोल गर्दै सङ्कटालाई आर्मीविरुद्ध सहज जित दिलाए ।



nationalnews7 nationalnews7   
  • January 16, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP