Dark Mode

      Subscribe

विकास बैंकहरुको नाफा वृद्धि, गरिमा सबैभन्दा बढी नाफा गर्नेको सूचीमा

1.5K
SHARES
विकास बैंकहरुको नाफा वृद्धि, गरिमा सबैभन्दा बढी नाफा गर्नेको सूचीमा

काठमाण्डौ । देशका विकास बैंकहरुको मुनाफा बढेको देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विकास बैंकहरुको नाफा १६.०८ प्रतिशतले वृद्धि भएको तथ्यांक आउँछ  । यस अर्थ विकास बैंकहरुले २ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएका छन् । नाफाको यो तथ्यांक गत आवको सोही अवधिसम्मको तुलनामा १६ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म विकास बैंकहरुले समग्रमा २ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका थिए ।

समिक्षा अवधिसम्म आइपुग्दा तीन विकास बैंक घाटामा देखिएका छन् भने बाँकी बैंकहरु नाफामा उक्लिएका छन् । घाटा ब्यहोर्ने बैंकहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । नाफामा उक्लिएका केही विकास बैंकहरुको मुनाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुग्दा समग्रमा विकास बैंकहरुको नाफा बृद्धि देखिएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक देखिएको छ । बैंकले  ५५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । मुक्तिनाथ विकास बैंक दोस्रो, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक तेस्रो, महालक्ष्मी विकास बैंक चौथो, कामना सेवा विकास बैंक पाँचौ ,लुम्बिनी विकास बैंक छैंटौं , ज्योतिले विकास बैंक सातौं, मितेरी आठौं, कर्पोरेट डभलपमेन्ट नवौं , सप्तकोशी डेभलपमेन्ट बैंक दशौं, एक्सेल डेभलपमेन्ट बैंक एघारौं र र नारायाणी डेभलपमेन्ट बाह्रौं स्थानमा देखिएको छ । गत आवको तुलनामा सर्वाधिक नाफा बढाउने बैंकमा ज्योति विकास बैंक छ ।

 



nationalnews7 nationalnews7   
  • January 22, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP