Dark Mode

      Subscribe

पाथीभरा क्षेत्र संरक्षणको माग गर्दै काठमाडौँमा प्रदर्शन, केबलकार निर्माण खारेजकाे अडान

1.1K
SHARES
पाथीभरा क्षेत्र संरक्षणको माग गर्दै काठमाडौँमा प्रदर्शन, केबलकार निर्माण खारेजकाे अडान

काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्र संरक्षणको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ। मुक्कुमलुङ ताड्सेःप चुम्भो र मक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिको आयोजनामा सोमबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले उक्त क्षेत्रमा केबलकार निर्माण गर्ने कार्य खारेज गर्न माग गरेका छन्।

उनीहरुले ‘आदिवासीको भूमि फिर्ता गर, आदिवासीलाई विस्थापित गर्ने विकास चाहिँदैन, मुक्कुमलुङको संरक्षण गरौँ, असक्षम गृहमन्त्री राजीनामा दे !,गिरफ्तार गरिएका योद्धालाई बिनाशर्त रिहा गर,केवलकार खारेज गर, राज्य ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गरेका छन् । सोमबार काठमाडौँको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झिँगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैँ हेक्का राख्नुपर्ने जिकिर गरे ।

‘गलत संगतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्ने बित्तिकै छाडिदिनुस् । संगठन टिक गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झिँगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पुर्‍याउँछ । त्यसकारण फोहोरको डंगुरमा झिँगाको साथ लाएर जान हुँदैन । पहिले हामीले छुटाउनुपर्छ, मह जम्मा गर्ने कि कीटाणु जम्मा गर्ने भनेर ।’प्रधानमन्त्री ओलीले जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्ने कुरा ध्यान दिनुपर्ने बताए । काम सुरु गर्दा नै त्यसको परीक्षण गर्नुपर्ने बताउँदै यदि उक्त काम बेठिक छ भने तुरुन्तै छाडिदिन पनि प्रधानमन्त्री ओलीले युवाहरूलाई आग्रह गरे ।

‘अहिले म पनि हरेक काम गर्दा ठिक काम त गरिरहेको छ कि छैन भनेर टेस्ट गरिराको हुन्छ । यदि ठिक छैन भने तुरुन्तै छाडिदिन्छु,’ प्रधानमन्त्री ओलीको आग्रह छ, ‘यो मैले ठिक काम गरिरहेको जस्तो लाग्दैन भने छाडिदिनुस् । ठिक छ भने निरन्तरता दिनुस् । अहिले मैले यो काम गर्न हुन्छ कि हुँदैन भनेर छुट्याउनुस् ।’फरक प्रसंगमा प्रधानमन्त्री ओलीले जीवन अनन्त नबाँचिने उल्लेख गर्दै हरेक समयको मूल्यवान् हुने बताए । ‘जिन्दगी अनन्त बाँचिने होइन । त्यसकारण हाम्रो जीवनको हरेक समय मूल्यवान् छ,’ प्रधानमन्त्री ओलीले भने ।



nationalnews7 nationalnews7   
  • February 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP