Dark Mode

      Subscribe

खानेपानीको पाइप फुट्दा बबरमहलका सरकारी कार्यालय डुबानमा

1.1K
SHARES
खानेपानीको पाइप फुट्दा बबरमहलका सरकारी कार्यालय डुबानमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको छ।पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन्।

काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो। उनका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ। अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ।

डुबानले गर्दा सडकमा आवतजावत गर्ने पैदल यात्रु तथा सवारीसाधनहरूलाई समेत कठिनाइ भएको छ। समस्याको पहिचान गरी पानी नियन्त्रणका लागि काम भइरहेको बताइएको छ।



nationalnews7 nationalnews7   
  • February 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP